कोरोनाका शङ्कास्पद विरामीको उपचारका लागि तनहुँमा आइसोलेशन कक्ष

  |   प्रकाशित :

तनहुँ । तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको छ । कोरोना भाइरसका शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको हो । 

जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच श्यया क्षमताको आइसोलेसन कक्ष तयार भएको छ । 

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री भवनमा आठ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिका र स्थानीयवासीको लागत साझेदारी गरी ९८ लाखको लागतमा सो भवन बनाइएको हो । आइसोलेसन कक्षका लागि आवश्यक श्यया दमौलीस्थित नीजि अस्पतालले सहयोग गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech