लकडाउन उल्लंघन गर्ने १२ जनालाई ‘मुर्गा’ बनायो

  |   प्रकाशित :

बुटवल । लकडाउनको बेला साइकल चलाउने १२ जनालाई  प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् । 

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले दिएको जानकार िअनुसार आज बिहान १० बजेसम्म प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

कोरोना महासंकटसँग जुध्न अहिले जे गरिरहेका छौं, त्यो पर्याप्त छैन

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका छन् । 

सांसद थापाले ओलीलाई खुल्ला पत्र लेख्दै कोरोना महासंकटसँग जुध्न सरकारले अहिले जे गरिरहेको त्यो पर्याप्त नभएको स्पष्ट पारेका छन् । 

उनले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको पनि विश्वास दिलाएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech