नेपालमा ३ जना कोरोना संक्रमित, तीनैजना विदेशबाट आएको तथ्य खुल्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएको छ भने हाल दुई जनाको उपचार भइरहेको छ । 

तीनैजना विदेशबाट आएको तथ्य खुलेको छ । पहिलो संक्रमित चीनबाट आएका विद्यार्थी थिए । उनीबारे दुई महिना अगाडि नै जानकारी आएको थियो । चीनमा अध्ययनका लागि फर्किएका उनी संक्रमित भेटिएपछि उपचार भई घर फर्किइसकेका छन् ।

अर्की १९ वर्षीया किशोरी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनको संक्रमण १० चैत्रमा पत्ता लागेको थियो ।

अर्का व्यक्ति धादिङ स्थायी घर भएका हुन् । उनी ५ चैत्रमा दुबईबाट काठमाडौं आएका थिए । उनलाई काठमाडौं रिफर गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट आज आएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech