चीनमा अझै दैनिक कैयौ व्यक्तिमा कोरोना भाइरस, संक्रमितको संख्या लुकाएपछि चिकित्सक आतंकित !

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबारको पत्रकार सम्मेलनमा चीनले संक्रमित संख्या लुकाएर कोरोना भाइरस उन्मुलन भएको प्रचार गरिरहेको आरोप लगाए । संक्रमति संख्या चीनभन्दा अमेरिकामा धेरै भएको तथ्यांकहरु आइरहेका बेला ट्रम्पले चीनले तथ्यांक लुकाएको बताएका हुन् ।

यद्यपि ट्रम्पले अमेरिकामा संक्रमित संख्या बढ्दै गएको भने स्वीकारेका छन्। ट्रम्पको आरोपका बीच चीनबाटै नयाँ खुलासा भएको छ।

त्यहाँका चिकित्सकले नै सरकारले संक्रमितको संख्या लुकाएको बताएका छन् । सूचना लुकाउँदा आफूहरु पनि मारमा परेको र सावधानी नअपनाए फेरि भयावह स्थिति आउनसक्ने चेतावनी दिएका छन्। स्थानीय विज्ञहरूले आधिकारिक संख्याले ठूलो जमातलाई छोडेको बताएका छन् ।

कोरोनाको प्रकोप सुरु भएको हुबेई प्रान्तबाट एक साता भन्दा बढीसम्म नयाँ घटना नभएको तथ्य दिइएपछि चीन सरकारले संकटकाल अन्त्यको अनुमति दियो। तर, अधकारीहरु र रोग नियन्त्रण टोलीले प्रकोपका कारण यो क्षेत्र छाड्न सकेका छैनन्। यात्रा प्रतिबन्ध र क्वारन्टाइनहरू भने केही खुकुलो पारिएको छ ।

तर स्थानीय चिकित्सकहरू र रोग विशेषज्ञहरूसँग गरिएको अन्तर्वार्ताबाट भने हुबेईको राजधानी वुहानको अवस्था सरकारी तथ्यांकहरू भन्दा खराब छ र यसले बेइजिङको महामारीको बिरूद्ध विजयको घोषणामा हतारो देखिएको छ ।

विज्ञहरूले रिपोर्ट नगरिएका मुद्दाको उपस्थिति र त्यस्तै ठूलो संख्यामा एसिम्प्टोमेटिक केसहरू सरकारले आफ्नो आधिकारिक तथ्यांकमा सार्वजनिक गर्न अस्वीकार गरेको बताएका छन्। वुहानका दुई जना नर्सले फाइनान्सल टाइम्सलाई लुकाइएका संक्रमितबारे भने, पुष्टि भएका घटनाका लागि राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ । तर, सहरको आधिकारिक अभिलेखमा मान्यता पाइन्न। शून्य देखाउने होड छ।

एक जना नर्सले भनिन्, "मलाई थाहा छ र चिकित्सकहरूले पनि भन्छन् छ कि अस्पताल र राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ केस गणनालाई नियन्त्रण गर्न आफ्नो सबै माध्यमहरू प्रयोग गरिरहेको छ।” "शून्य नयाँ केसहरू लाई प्रचार गर्नु अत्यन्त चिन्ताको विषय हो। यो धेरै जोखिमपूर्ण छ र यसले वुहान र सम्पूर्ण हुबेईमा मृत्युदर नियन्त्रणमा केही पनि फरक पार्ने छैन।”

चिनियाँ प्रधानमन्त्री ली केकियांगले यसै हप्ता हुबेईमा शून्य गणनाको रणनीति अघि सार्दै स्वास्थ्य अधिकारीहरुलाई सचेत गराएका थिए। हुबेईमा लकडाउनपछि यथार्थ तथ्यांक नै सार्वजनिक गरिएको छैन। तर, चीन भने उन्मुलनको घोषणा गर्दै अरु देशमा सहयोग गर्न गइरहेको छ ।
 
बेइजिङस्थित एक अनुसन्धानकर्ताले धेरै संख्या लुकाइएको र देखाइएका केस सतहीमात्रै भएको दाबी गरेका छन्। उनी भन्छन्, "चीन संक्रमण केसहरु गणना गरिरहेको छ तर उनीहरुलाई सार्वजनिक गरिरहेको छैन।"

राष्ट्रिय स्वास्थ्य आयोग, सरकारी एजेन्सीले केसको रिपोर्ट लुकाउन सार्वजनिकको मापदण्ड बनाएका छन् । वुहानका विशेषज्ञ टोलीका एक सदस्यले स्थानीय क्याक्सिन पत्रिकालाई भने, "हरेक दिन हामी अझै पनि दशौं संक्रमित फेला पारिरहेका छौं।" अहिलेनै वुहानमा संक्रमण रोकिएको प्रचार गर्नु गलत हो," उनले भने। धेरै विज्ञहरूहरुले आधिकारिक गणनाबाट एसिम्प्टोमेटिक केसहरू छोड्ने खतराहरू औंल्याएका छन्। चीनमा विश्वविद्यालय स्तरबाट गरिएका अध्ययनले पनि संक्रमणको शून्य भइसकेको छैन। सरकार संख्या लुकाएर विश्वलाई ढाँटन् उद्धत छ। 

इन्टरनेसनल जर्नल अफ इन्फेक्ग्सीस डिसेजमा प्रकाशित एउटा प्रतिवेदनमा वुहानमा कुल संक्रमणको एक तिहाई संक्रमण लुकाइएको छ। यो विश्वकै लागि खतरा हो। 

(-Financial Times को सहयोगमा) 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech