सरकारमाथि खनिए उपेन्द्र यादव, “लकडाउन समस्याको समाधान होईन”

  |   प्रकाशित :

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार माथि खनिएका छन् । उनले लकडाउन आफैंमा कोरोनाको उपचार नभएको जिकिर गरेका हुन् । 

“लकडाउन भनेको कुनै समस्याको समाधान होईन् । यो उपचार होईन् । रोगको निधान होईन् । यो सासेल डिस्ट्यान्स कायम गर्ने कुरा हो ।” उनले भनेका छन् । 

“चीनमा कोरोना भाइरसले एट्याक गर्यो । त्यहाँ त्यो भाइरस देखियो । नेपालमा लाग्न नदिनको लागि त्यतिखेरकै तयारी गर्नुपर्दथ्यो । र, अर्को कुरा लागेपछि के गर्नुपर्छ ? भनेर तयारी गर्नुपर्ने थियो । नेपालमा अहिले देखिएका केशहरु छन्, ती सबै बाहिर देशबाट प्रवेश भएको देखियो । यो भाइरसको परीक्षण सामान्य प्रयोगशालामा हुँदैन् । त्यसको लागि अत्याधुनिक प्रयोगशाला चाहिन्छ । हामीसँग भएका प्रयोगशालालाई स्तरोन्नती गर्नुपर्दथ्यो । त्यो काम भएन् ।” उनले भने ।
 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech