कोरोना संक्रमणको माहामारीको बेला किसानको काममा बाधा नपुगोस्ः सांसद प्रदीप यादव

  |   प्रकाशित :

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा संघीय सांसद प्रदीप यादवले किसानको काममा बाधा नपुगोस् भन्दै एक विज्ञप्ती जारी गरेका छन् । 

जारी विज्ञप्तीमा समाजवादी पार्टी नेपालका सांसद यादवले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बेला अन्न उत्पादन गर्ने अन्नदाता किसानको कममा बाधा नपुगोस् भनेर आज विज्ञप्ती जारी गरेका हुन् । 

विज्ञप्तीमा देश र दुनियामा अहिले विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा देशलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक रहेको उल्लेख छ । 

लकडाउनको क्रममा खाद्यान्न र अन्न आवश्यक वस्तुको अभाव नहोस् भनेर आपूर्ति व्यवस्था मिलाउन सरकार, प्र्रदेश सरकार र स्थानीय तहहरुले पुग अपुग प्रयास गरि रहेका छन् तर यस विषयमा गाउँका किसानहरुको खेती किसानीमा बाधा अवरोध पुर््याइएको गुनासोहरु पर्याप्त भएको उल्लेख छ ।

यस्तो छ विज्ञप्तीः

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech