विदेशबाट आएका ४१ हजारलाई क्वारेन्टाइनमा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  |   प्रकाशित :

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार एक सय ४० जना क्वारेन्टाइनमा रहन निर्देशन दिएको जनाएको छ ।

विभिन्न देशबाट आएकाहरुलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले बताए, ‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार एक सय ४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ ।’’ प्रवक्ता देवकोटाले विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिने बताएका छन् ।

उनले काठमाडौं उपत्यकामा ४ र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिएका छन् । हालसम्म प्रदेशमा २ सय जनाको नमुना सङ्कलन भएको जानकारी दिएका छन् । परीक्षणको दायरा बढाएको भन्दै हालसम्म ९ सय ९३ जनाको नमुना परीक्षण भएको जानकारी दिए । उनका अनुसार थप ७६ जनाको नमुना संकलन भएको छ । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमूना परीक्षण सुरु गरिएको तीन दिन १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा १ हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ ।

प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लहाकार डा। खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गरेका छन् । गोरखापत्रबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech