कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३८ हजार पुग्यो

  |   प्रकाशित :

 काठमाडौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय १६ पुगेको छ । 

कोरोना संक्रमितको संख्या ७,८५,७९७ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ७,८५,७९७ संक्रमित मध्ये १,६५,६०७ जना संक्रमणमुक्त भएका छन्, भने ५५५,३७३ जना उपचारत छन् ।

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १६४,२५३ जना पुगेको छ । त्यहाँ ३,१६६ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा १०१,७३९ संक्रमित भइसकेका छन् । त्यहाँ ११,५९१ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, चीनमा ८१,५१८ जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,३०५ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या ८७,९५६ रहेका छन् । जसमध्ये ७,७१६ जनाको मृत्यु भइसकेको छ, भने हाल ६३,४६० जनाको उपचार भइरहेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech