कोरोना अपडेटः अमेरिकामा कोरोना संक्रमित संख्या चीनको भन्दा दोब्बर

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । 

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो । त्यहाँ ३,१६६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय १६ पुगेको छ । 

कोरोना संक्रमितको संख्या ७,८५,७९७ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ७,८५,७९७ संक्रमित मध्ये १,६५,६०७ जना संक्रमणमुक्त भएका छन्, भने ५५५,३७३ जना उपचारत छन् ।

त्यस्तै इटालीमा १०१,७३९ संक्रमित भइसकेका छन् । त्यहाँ ११,५९१ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, चीनमा ८१,५१८ जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,३०५ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या ८७,९५६ रहेका छन् । जसमध्ये ७,७१६ जनाको मृत्यु भइसकेको छ, भने हाल ६३,४६० जनाको उपचार भइरहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

पहिलो पटक कोरोनाको संक्रमण्ना देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । 

तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ । यद्यपि वुहानमा एक नयाँ संक्रमण देखिएको छ । वुहानमा पछिल्लो एक सातामा कुनै नयाँ संक्रमण देखिएको थिएन ।

यस्तै चीनमा सोमबार ४८ नयाँ संक्रमित देखिएका छन् । यी सबै मानिस विदेशबाट फर्किएका मानिस हुन् । हुबेई प्रान्तमा कोरो भाइरसको कारण एक व्यक्तिको ज्यान गएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech