कोरोना अपडेटः संक्रमितको संख्या ८ लाख ६० हजार पुग्यो, ४२ हजारको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ८,५९,९१७ पुगिसकेको छ । त्यसमध्ये ४२,३३४ जनाले ज्यान गुमाइसकेको छ । 

पछिल्लो तथ्यांक अनुसार ८,५९,९१७ संक्रमित मध्ये १,७८,३५७ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १८८,५९२ जना पुगेको छ । त्यहाँ ४,०५५ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा १,०५,७९२ संक्रमित भइसकेका छन् । त्यहाँ १२?४२८जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, चीनमा ८१,५५४ जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,३१२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या ९५,९२३ रहेका छन् । जसमध्ये ८,४६४ जनाको मृत्यु भइसकेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech