अस्ट्रेलियामा  कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण सुरु

  |   प्रकाशित :

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठनले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण सुरु गरेको छ। 

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला ९एएएचएल०मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो।

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ। यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ। 

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलका अनुसार कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने छ। यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech