महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य, दोषीलाई कारवाही हुनुपर्छः गगन थापा

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले कोरोना भाइरसका कारण विश्व महासंकटबाट गुज्रिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता हुनु घिनलाग्दो कार्य भन्दै दोषीलाई कारवाहीको माग गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता थापाले दोषी दण्डित नभएसम्म अनियमिताबारे प्रश्न उठाउन नछोड्न पनि आग्रह गरेका छन्। ‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य १’ उनले लेखेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं।’ थापाले भनेका छन्, ‘दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।’

यसअघि नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका थिए । सांसद थापाले ओलीलाई खुल्ला पत्र लेख्दै कोरोना महासंकटसँग जुध्न सरकारले अहिले जे गरिरहेको त्यो पर्याप्त नभएको स्पष्ट पारेका थिए । उनले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको पनि विश्वास दिलाएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech