नेपालमा फेरी अर्का एक जना कोरोना संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ६ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा बिहीबार फेरी अर्का एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवतीमा कोरोना पुष्टि भएको हो। उनका अनुसार यी युवतीसमेत बागलुङकै हुन्। यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो। 

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। ति युवक उपचारपछि निको भइसकेका छन्। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा चैत १० गते कोरोना पुष्टि भएको थियो। चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भएको  थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech