कोरोना भाइरसको त्रासले बाँकेमा २१ जना थुनामुक्त

  |   प्रकाशित :

बाँके । कोरोना भाइरस संक्रमणको जोखिमले बाँकेमा सामान्य कसुरमा पक्राउ परेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ । 

थुनुवाको संख्या धेरै हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

थुनुवा कक्षमा अहिले पनि जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech