रक्तदातालाई घरबाहिर निस्कन समस्या, बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव

  |   प्रकाशित :

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि रगतको अभाव भएको छ । कोरोना सङ्क्रमणको डर, रक्तदातालाई घरबाहिर निस्कन समस्या तथा समूहमा रगत सङ्कलन नभएपछि रगतको अभाव भएको हो । 

लकडाउनपछि रगतको माग र आपूर्ति दुवै घटेको र रगतको व्यवस्थापनमा केही समस्या भएको केन्द्रीय रक्तसञ्चार सेवाले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार सामान्य अवस्थामा दैनिक २ सय ५० युनिट रगतको माग हुने गरेकोमा अहिले बढीमा ५० युनिट मात्रै माग हुँदै आएको छ ।

रगतको अभाव हुन नदिन मौज्दात रगत र बेलाबेला सङ्कलन भएको रगतबाट आपूर्ति हुँदै आएको छ । लकडाउन घोषणा गरेपछि सुरुका तीन दिन ११,१२ र १३ गते निकै समस्या भएको तर अहिले मोबाइल क्याम्पमार्फत रगत सङ्कलन भइरहेको केन्द्रीय रक्तसञ्चार सेवा ब्लड बैंकका निर्देशक डाक्टर मनिताराज कर्णिकारले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech