प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको परीक्षण सुरु

  |   प्रकाशित :

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । 

प्रादेशिक अस्पताल जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा, नागेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार, मेसिन जडानसँगै प्राविधिकहरू पनि तयारी अवस्थामा बसिसकेका छन् ।

मेसिन जडान गरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले शुक्रबार बिहान निरीक्षण गरेका थिए । उनले निरीक्षण गरेसँगै मेसिन सञ्चालनमा ल्याइएको छ । 

जडान गरिएको मेसिनको निरीक्षण गर्दै मन्त्री साहले यसले प्रदेशका जनतालाई केही राहत पुगेको विश्वास व्यक्त गरे । उनले थप दुई वटा पीसीआर मेसिन खरिद गरिने बताए । यसका निम्ति प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech