अस्गर अलीको एउटा गल्तीले ई-सेवालाई गम्भीर धक्का, भटाभट अनसब्स्क्राइब गर्ने चल्यो ट्रेन्ड

  |   प्रकाशित :

काठमाडौं । ई–सेवाका सञ्चालक अस्गर अलीमाथि अनलाइन न्युज पोर्टल ह्याक प्रकरणमा मुछिएपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।  

अलीमाथि विद्युतीय भुक्तानीप्रति काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको घटनाले प्रयोगकर्ताहरूलाई सशंकित बनाएको हो । 

कोरोना भाइरसको उपचारका क्रममा प्रयोग गरिने स्वास्थ्य सामग्री खरिद गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ सल्लाहकारसमेत रहेका ई–सेवाका सञ्चालक अस्गर अली संलग्न रहेको भन्दै ‘काठमाडौं प्रेस’ न्युज पोर्टलमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको आरोप लागेपछि ई–सेवाका ग्राहकहरुले सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान समेत चलाएका छन् ।

 

 

 

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech