"भाइरस मार्ने बन्दुक र गोलीले हैन होला, चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको" ?

  |   प्रकाशित :

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिएकोमा प्रश्न उठाएका छन् ।

उनले ट्वीट गर्दै भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? भनेर प्रश्न गरेका हुन् ।

‘के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’ उनले लेखेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech