कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएकोबारे पुष्टि भएकोे छैन

  |   प्रकाशित :

काठमाडौं । कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको बताए । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट मन्त्रालयले पुष्टि गरेको हो ।

विभिन्न सञ्चार माध्यममा पोखरामा कोरोना भाइरस संक्रमण पोजेजिभ भएको पुष्टि गरेपछि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाः विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन्। प्रवक्त डा. देवकोटाले भने, ‘विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ तर पोखरामा कुनै पनि केस पुष्टि भएको छैन।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech