फेरी एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखियो

  |   प्रकाशित :

काठमाडौं । भारतको नयाँ दिल्लीमा भएको ‘तबलीगी जमात’ को कार्यक्रममा सहभागी नेपालीमध्ये एक जनामा कोरोनाभाइरस देखिएको छ । 

‘तबलीगी जमात’ को कार्यक्रममा ४१ मुलुकका मुस्लिमहरुले सहभागिता जनाएका थिए । सभामा सहभागी ६ सय भन्दा बढिलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्ययमले खवर सार्वजनिक गरेका छन । नेपालबाट सभामा सहभागी १९ जना मध्ये पर्साका ६६ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो ।

खवर अनुसार उनी दुई साताअघिमात्र हरियाणाको अम्बाला पुगेका थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् । कार्यक्रममा सहभागी भएकामध्ये कयौँलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि नौ ४१ मुलुकसहित सय ६० विदेशी नागरिकलाई भारत सरकारले कालोसूचीमा राखेर अनुसन्धान गरिरहेको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ खवर छापेको छ । 

यसअघि कुवेतमा एक जना नेपाली कामदार विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित भएका थिए। कुवेतमा २८ जना संक्रमित पहिचान भएको र त्यसमध्य एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको थियो ।

भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको तबलीगी जमातको धार्मिक कार्यक्रममा सहभागी भएको आशंकामा पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु सबै रौतहटका हुन् । सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो । तर उनीहरु दिल्लीमै छन् । तर, धार्मिक सभामा गएकामध्ये थप ७ जना सप्तरीमा पनि भेटिएका छन् ।

मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा  यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिब आठ हजार सहभागी भएका थिए । कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिकसभा भएको थियो । तर, सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech