‘राहत र सहास दिनुपर्नेमा सरकार अनियमितता र कमिसन जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ’

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणका अध्यक्ष जितजंग बस्नेतले कोरोना महामारीको बेलामा पनि सरकार अनियमितता र कमिसन जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको बताएका छन् ।  

अध्यक्ष बस्नेतले सामाजिक संजाल फेसबुकमा ‘महामारीको बेला जनतालाई राहत र सहास दिँदै जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ।’ स्टाटस लेखेका छन् । 

उनले स्वास्थ्य सामग्री खरिद प्रक्रिया संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाइ कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि गरेका छन् । बस्नेतले  ‘यसै अन्तर्गत अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति पाइदैन । सो प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाइ कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने जोडदार माग गर्दछु ।’ लेखेका छन् । 

अध्यक्ष बस्नेतले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य नहुनेसमेत बताए छन् । उनले ‘साथै सोही खरिद प्रक्रियाका बिषयमा समाचार प्रकासित गर्ने काठमाडौं प्रेस नामक अनलाइन सञ्चारमाध्यमको सामाग्रीमा असंवैधानिक ढंगबाट गरिएको नियन्त्रण र पत्रकार महासंघका महासचिव रमेश बिष्ट लाई दिइयको धम्कि आपराधिक कार्य हो । लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुदैन ।’ लेखेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech