सांसद यादवद्वारा नारायणी अस्पताललाई आईसोलेसन वार्ड हस्तान्तरण

  |   प्रकाशित :

पर्सा । सांसद प्रदिप यादवले २० बेडका आईसोलेसन वार्ड नरानारायणी अस्पताललाई हस्तान्तरण गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले आफ्नै सक्रियतामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराई अस्पताल का मे.सु.लाई हस्तान्तरण गरेका हुन् ।

वीरगन्जस्थित नारायणी अस्पताल बिरामीहरुको भरोसाको केन्द्रबिन्दु भएतापनि संघीय सरकार र प्रदेश सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागी कुनै  ठोस प्रकारका सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए । 

मे.सु.कै आग्रह बमोजिम सांसद यादवले १० लाखको लागतमा २० बेडको आइशुलेशन वार्ड  निर्माण गरिएको जनाइएको छ । आइसोलेशन वार्ड आजबाट सन्चालनमा आएको छ । आफुसँग जनताको सेवा गर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम नरुकने बताए । यस्तो कार्य मा आफू तन मन धनले जति सक्दो हुन्छ आफू सदैब तयार रहेक साँसद यादबले बताए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech