विश्वभर तहलका मचाइरहेको कोरोना नछोएको देश कुन हो ?

  |   प्रकाशित :

काठमाडौं । विश्वका २०५ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । 

उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना देखिएको छैन । 

यी देशमा कोरोनाको परीक्षण नै नभएको हो वा सङ्क्रमित नै नभएको भन्ने यकिन छैन । तर कोरोना सङ्क्रमण फैलिएका देशको ट्रयाकिङ गरिरहेका विभिन्न संस्थाको सूचीमा यी देश कोरोनामुक्त छन् । चीन, अमेरिका, अस्ट्रेलिया, इटली, स्पेन र भारतसहित विश्वका शक्ति राष्ट्र कोरोनाले आक्रान्त हुँदा यी देशमा कोरोनाको प्रभाव शून्य छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech