लकडाउनको मौका छोपेर हात्ती र गोही मारियो

  |   प्रकाशित :

काठमाडौं । चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज नजिकै करेन्ट लगाएर हात्ती मारिएको छ ।

चितवन निकुञ्जको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रे खोलामा १ गरी तीन घडियाल गोही मारिएको भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार माछा मार्नका लागि प्रयोग भएका जाल झिक्ने क्रममा ती गोहीलाई हतियार प्रयोग गरेर मारिएको हो । तीन वटै गोहीको लम्बाइ २ मिटरको छ । मारिएका गोही निकुञ्जको मुख्यालय, कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काएर छोडिएकामध्ये हुन् ।

लकडाउनको मौका छोपेर माछा मार्न गएका व्यक्तिले माछा निकाल्ने क्रममा गोही मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech