चीनको क्रियाकलापले बिश्वनै अक्रान्त भईरहेको बेला चिनियाँहरुले गरे फेरी अर्को बदमासी

  |   प्रकाशित :

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोभिड-१९ ले विश्व नै आक्रान्त भईरहेको समयमा चिनियाँहरुले फेरी अर्को बदमासी गरेका छन्।

भएको के हो भने, चीनले टप क्वालिटी भएको (एन-९५) माक्स पाकिस्तान पठाएका थिए । तर, उक्त माक्स टप क्वालिटीको नभइप्रयोग नै गर्न नमिल्ने खालको पाठाएको पाकिस्तानी मिडीयाहरुले जनाइएको छ । 

पाकिस्तानले कोरोना भाइरस प्रतिरोधात्मक माक्स अर्डर गरेका थिए तर, चीनले भने पाकिस्तानलाई चुना लगाउँदै ‘अन्डरवेयर’ को जस्तो माक्स पठाएको जनाइएको छ । जुन कोरोना भाइरस प्रतिरोधात्मक माक्स होइन । 

यसअघि नेपाललाई पनि चीनले चुना लगाएका थिए । नेपाल सरकारले चीनबाट ल्याएको मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतका कोरोना स्वास्थ्य उपकरण ८० प्रतिशत नक्कली रहेको उच्च स्रोतको दावी छ । यसअघि चीनबाट स्पेन, चेकरिपब्लीक, नेदरल्याण्डले पनि सामग्री नक्कली भएको भन्दै सामग्री फिर्ता गरिसकेको छ । 

चीनको क्रियाकलापले बिश्वनै अक्रान्त
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार रहेको बताएका छन् । प्रधानमन्त्री मोरिसनले शुक्रबार चीनको मासु बजारविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग अपिलसमेत गरेका छन् । अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले स्थानीय रेडियोसँगको अन्तर्वार्ताको क्रममा मासु बजार जहाँ रहे पनि स्वास्थ्यका लागि गम्भीर जोखिम हुने बताए ।

उनले कोरोना भाइरस चीनमा जन्मिएको र त्यहाँबाट पूरै विश्वमा फैलिएको बताए । विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर रुपमा लिएर केही न केही गर्नु पर्ने उनले माग गरेका छन् । उनले चीनको मासु बजारबाट विश्व स्वास्थ्य र विश्वभरका मानिसका लागि गम्भीर खतरा रहेको बताएका छन्। गएको डिसेम्बरमा चीनको वुहानमा नोवेल कोरोना भाइरसको संक्रमण पहिलोपटक पुष्टि भएको थियो । जंगली जनावरको मासु बजारबाट सो भाइरसको संक्रमण मानिसमा फैलिएको बताइन्छ । 

https://twitter.com/majorgauravarya/status/1246278491735113730?s=08&fbclid=IwAR03rzNEY2n1UaqC_A_l2ttiRf6SJVad_4JHWP42fcsY7FqOqOyCd9U9l5U

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech