विश्वकै सबैभन्दा शक्तिशाली भनिने अमेरिका कोरोनासामू निरीह !

  |   प्रकाशित :

काठमाण्डौ । विश्वकै सबैभन्दा शक्तिशाली भनिने अमेरिकामा कोरोना संक्रमितको संख्या अन्य देशमा भन्दा बढि छ । र तीब्र गतिमा फैलिइरहेको छ । अमेरिकाको तथ्याङ्क देखेर अन्य देश डराइरहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या ७ हजार ४ सय नाघेको छ । तर पनि अमेरिकी सरकारले मुलुक लक डाउन गरेको छैन । केवल कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यसका साथै अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्दको औषधि वा खोपको आविष्कार गर्ने प्रयास गरिरहेका छन् । वैज्ञानिकहरुको रातदिनको प्रयास सफल हुन सकेको छैन ।

हरेक पक्षमा शक्तिशाली र सक्षम ठानिने अमेरिकाले कोरोना नियन्त्रणका लागि कुनै चमत्कार गर्छ कि भनेर विश्व समुदाय नै प्रतीक्षा गरिरहेको छ । तर अमेरिका भने आफ्नै देशका नागरिक जोगाउन सकिरहेको छैन ।

बरु त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प विचारै नगरी विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । वास्तवमै कोरोना नियन्त्रणको असफल प्रयासले अमेरिकालगायत आफुलाई शक्तिशाली र सक्षम भन्ने राष्ट्रहरु निरीह देखिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech