इश्वर पोखरेलाई कार्वाही गर्नु पर्छः पशुपति शमशेर

  |   प्रकाशित :

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका छन् । 

राणाले स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी  गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका हुन् । भ्रष्टाचारको प्रश्नमा स्वास्थ्यमन्त्रीविरुद्ध कानुनी कारवाहीको पनि माग गरेका छन् ।

‘अहिलेको प्राथमिकता अस्पताललाई चाहिने औषधि, भेन्टीलेटरजस्ता उपकरण हुन् । अग्रपंक्तिमा कार्यरत नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामाग्री हुन् । अत्यावश्यक सामाग्री कुन निकायले ल्याउने भनेर लडाई गर्नुभन्दा तुरुन्त झिकाउनुपर्यो, सामाग्रीहरु गुणस्तरीय हुनुपर्यो,’ राप्रपा अध्यक्ष राणाले भने ।

राणाले सरकारबाट भएको पटक–पटकको गल्ती र अनियमितताबारे टिप्पणी गरेका छन् । स्वतन्त्र प्रेस माथिको अवरोध र भ्रष्टाचारको जानकारी प्रधानमन्त्रीलाई भयो, भएन भनेर प्रश्न गरेका छन् ।

‘सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारी भ्रष्टाचारमा मुछिएको खबर छ । प्रेस स्वतन्त्रताविपरीत अनलाइन पत्रिकामाथि अवैध अवरोधको समाचार छ । अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन ? स्वास्थ्य सामाग्री खरीद प्रकरणमा अख्तियारमार्फत कानुनी कारवाही किन अघि बढेन ?’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech