क्वारेन्टाइनबाट घर फर्काइएको महिला नै कोरोना संक्रमित

  |   प्रकाशित :

धनगढी । कोरोना भाइरसको लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको महिला संक्रमित रहेको पाइएको छ ।

स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो ।

त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । 

सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीकाअनुसार त्यसबेला संक्रमित युवकको परिवारका सबै सदस्यको नमुना संकलन गरिएको थियो । र ३४ वर्षीया महिलाबाहेक अरुको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech