कोरोना सामु अमेरिका निरीह, ट्रम्पले मोदीसँग मागे सहयोग

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग माग गरेका छन् । डोनाल्ड ट्रम्पले विश्वभर माहामारीका रुपमा फैलीरहेको कोरोना भाइरससँग लड्न सहयोग माग गरेका हुन् । 

मोदीसँग ट्रम्पले कोरोना बिरामीहरुको उपचार गर्न प्रयोग भइरहेको हाइड्रोक्सीक्लोरोक्वाइन नामक औषधि माग गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यो औषधि भारतले ठूलो मात्रामा बनाउँछ, र पी.एम. मोदी जीले हाम्रो देशमा यो औषधि पठायो भने म कृतज्ञ हुनेछु। भनेका छन् । 

विश्वकै सबैभन्दा शक्तिशाली भनिने अमेरिकामा कोरोना संक्रमितको संख्या अन्य देशमा भन्दा बढि छ । र तीब्र गतिमा फैलिइरहेको छ । अमेरिकाको तथ्याङ्क देखेर अन्य देश डराइरहेका छन् । चिनको वुहानबाट माहामारीका रुपमा फैलीएको कोरोना भाइरसका कारण अहिलेसम्ममा लगभग ६५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । भने, कोरोना संक्रमीतको सँख्या १२ लाख भन्दा बढी रहेको छ ।  

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ३,११,६३५ जना पुगेको छ । त्यहाँ ८,४५४ जनाको मृत्यु भएको छ । तर पनि अमेरिकी सरकारले मुलुक लक डाउन गरेको छैन । केवल कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यसका साथै अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्दको औषधि वा खोपको आविष्कार गर्ने प्रयास गरिरहेका छन् । वैज्ञानिकहरुको रातदिनको प्रयास सफल हुन सकेको छैन ।

हरेक पक्षमा शक्तिशाली र सक्षम ठानिने अमेरिकाले कोरोना नियन्त्रणका लागि कुनै चमत्कार गर्छ कि भनेर विश्व समुदाय नै प्रतीक्षा गरिरहेको छ । तर अमेरिका भने आफ्नै देशका नागरिक जोगाउन सकिरहेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech