प्रयोगशालाको क्षमता र गुणस्तर तत्काल वृद्धी गर्न कांग्रेस नेता लेखकको आग्रह 

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धी गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार कैलाली र कंचनपुरमा ३ जना नयाँ संक्रमित भेटिएसँगै लेखकले सुदुर पश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको बताए । त्यस क्षेत्रमा महामारी बढन सक्ने सम्भावना भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नु पर्ने आग्रह गरेका हुन् । 

लेखकले फेसबुक मार्फत ‘बढी टेस्ट गर्न प्रयोगशाला, अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ।’ भनेका छन् । त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्न अनुरोध समेत गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech