‘कोरोना महामारी विरुद्धको लडाइँमा सर्वदलीय संयन्त्र बनाउनुपर्छ’

  |   प्रकाशित :

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना महामारी विरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् ।

लकडाउनको चरणलाई सरकारले अन्तिम सफलताको रुपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ । दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनु पर्ने उनको सुझाव छ ।

उनले आइतबार ट्वीट गर्दै भने, ‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नु पर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech