कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज राति ९ बजे दीप प्रज्वलन गराैँ

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने भएकोले ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योतिषीय हिसाब साइत, मुहुर्त दिन, दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech