कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल पु¥याउने जिम्मा सेनालाई

  |   प्रकाशित :

काठमाडौं । सरकारले कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने जिम्मा नेपाली सेनालाई दिएको छ ।

सरकारले पेसेन्ट रिसिभिङ टिमको जिम्मेवारी सेनालाई दिएपछि अब संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने काम सेनाले गर्ने भएको छ । सेनाले सुदूरपश्चिम सहित देशभरकै ७७ जिल्लामा पेसेन्ट रिसिभिङ टिम बनाउने भएको छ । 

उक्त टीममा स्वास्थ्यकर्मी पनि खटिनेछन्। पिआरटीमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई सरकारले शत प्रतिशत भत्ता समेत दिने भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech