मोदीको आह्वानमा मुस्लिम समुदायको साथ, दिए एकताको सन्देश !

  |   प्रकाशित :

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वानगरेको दीप प्रज्वलन कार्यक्रममा मुस्लिम समुदायले पनि सहभागी जनाएका छन् । 

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने भएकोले मोदीले हिजो राती ९ बजे दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । 

मोदीले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका थिए । भारतको लखनऊमा मुस्लिम समुदायले ‘फ्लैश लाइट’ जलाएर एकजुटताको संदेश जनाएका हुन् । 

संक्रमितको संख्या १२,७४,१९९ जना पुग्यो

विश्वभर माहामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमितको संख्या १२,७४,१९९ जना पुगिसकेको छ । त्यसमध्ये ६९,४६६ जनाले ज्यान गुमाइसकेको छ । 

पछिल्लो तथ्यांक अनुसार १२,७४,१९९ संक्रमित मध्ये २,६४,८३३ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ३,३६,८३० जना पुगेको छ । त्यहाँ ९,६१८ जनाको मृत्यु भएको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या १,३१,६४६ रहेका छन् । जसमध्ये १२,६४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा १,२८,९४८ संक्रमित भइसकेका छन् । त्यहाँ १५,८४७ जनाले ज्यान गुमाइसकेका छन् । 

त्यस्तै भारतमा कोरोना संक्रमीतको संख्या ४,२९८ पुगेका छन् भने, त्यहाँ ज्यान गुमाउनेको सँख्या ११८ पुगेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमीतको संख्या ९ जना पुगेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech