कोरोनाविरुद्ध काठमाडौंँ उपत्यका लगायत देशका बिभिन्न ठाउँमा दीप प्रज्वलनका साथै पट्का पड्काइयो 

  |   प्रकाशित :

जनकपुरधाम । कोरोना भाइरसविरुद्ध प्रदेश नं. २ लगायत देशका बिभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरिएको छ ।

आइतवार बेलुकी प्रदेश नं. २ का जनकपुर, राजबिराज, बिरगंज, मलंगवा लागायत बिभिन्न ठाउँहरुमा दीप प्रज्वलन, पटाखा पडकाउनुकाे साथै थाली पिटेका थिए । त्यस्तै काठमाडौंँ उपत्यकामा लगायत देश्का अन्यक्ष्रेत्रमा दीप प्रज्वलन गरिएको जनाइएको छ ।

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषीहरुले बताएका छन् ।

संक्रमितको संख्या १२,७४,१९९ जना पुग्यो

विश्वभर माहामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमितको संख्या १२,७४,१९९ जना पुगिसकेको छ । त्यसमध्ये ६९,४६६ जनाले ज्यान गुमाइसकेको छ । पछिल्लो तथ्यांक अनुसार १२,७४,१९९ संक्रमित मध्ये २,६४,८३३ जना संक्रमणमुक्त भएका छन् । 

यो पनि

१) कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज राति ९ बजे दीप प्रज्वलन गराैँ

२) मोदीको आह्वानमा मुस्लिम समुदायको साथ, दिए एकताको सन्देश !

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech