अमेरिका, स्पेन र इटालीमा घट्यो कोरोनाको प्रभाव, घट्यो संक्रमितको संख्या

  |   प्रकाशित :

काठमाडौँ । अमेरिका, स्पेन, इटालीमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावमा कमी आएको देखिन्छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटलीमा ६८१ जनाको ज्यान गएको थियो, भने पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या पनि घटेको छ । २४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए ।

कोरोना भाइरस संक्रमितको संख्या १२,७४,९२९ जना पुगिसकेको छ । त्यसमध्ये ६९,४९८ जनाले ज्यान गुमाइसकेको छ । पछिल्लो तथ्यांक अनुसार १२,७४,९२९ संक्रमित मध्ये २,६५,८८३ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ३,३६,८५१ जना पुगेको छ । त्यहाँ ९,६२० जनाको मृत्यु भएको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या १,३१,६४६ रहेका छन् । जसमध्ये १२,६४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा १,२८,९४८ संक्रमित भइसकेका छन् । त्यहाँ १५,८४७ जनाले ज्यान गुमाइसकेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech