चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको संख्या बढ्‍दै, लक्षण नदेखिएका ७८ जना संक्रमित फेला

  |   प्रकाशित :

बेइजिङ । चीनमा लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

चीनमा आतइबार ३९ जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेका छन् । यसअघि शनिबार पनि ३० जना लक्षण देखिएका कोरोना संक्रमित फेला परेका थिए । चीनले अप्रिल १ देखि लक्षण नदेखिएका तर कोरोना संक्रमण भएका व्यक्तिहरुको खोजी सुरु गरेको थियो । 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म ७८ नयाँ लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेको जनाएको छ । भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका कोरोना संक्रमितले अहिलेको मुख्य चासोको विषय बनेको छ । 

हालसम्म चीनमा ८१ हजार ७०८ कोरोना संक्रमित फेला परेका छन् भने ३,३३१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ३,३६,८५१ जना पुगेको छ । त्यहाँ ९,६२० जनाको मृत्यु भएको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या १,३१,६४६ रहेका छन् । जसमध्ये १२,६४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा १,२८,९४८ संक्रमित भइसकेका छन् । त्यहाँ १५,८४७ जनाले ज्यान गुमाइसकेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech