तब्लीगी जमातको मरकज नियम विपरित रहेको खुलासा, तोड्नका लागि फाइल तयार गरिँदै

  |   प्रकाशित :

काठमाडौं । दिल्लीमा निर्माण गरिएको तब्लीगी जमातको मरकज नियम विपरित रहेको जनाइएको छ । 

जहाँ मरकज बनाइएको छ, त्यो जग्गाको मालिकाना हकसँग सम्बन्धीत कागजातपनि दिल्ली नगर निगमसँग नरहेका खुलेको छ । स्थानीयहरुले यसबारे सम्बन्धीत निकायमा रिपोर्ट गरिएको थियो, तर कुनै किसीमको एकसन कोहीले लिएन । यहाँ सम्मकी प्रहरी निकायदेखि सम्बन्धीत निकायहरुले ध्यान सम्म नदिएको स्थानिहरुको गुनासो छ । 

सील गरियो इमारत

अहिले तब्लीगी जमातको मरकज नियम विपरित रहेको भन्दै सील गरिएको छ । अब यहाँ निमार्ण गरिएको भवन तोड्नका लागि फाइल तयार गरिरहेको जनाइएको छ । निर्माण गरिइएको मरकज  पूर्ण रुपले अबैध रहेको जनाइएको छ । 

स्थानियले जनाएअनुसार यहाँ भइरहेको अबैध निर्माणबारे गृहमन्त्रालयसम्म सिकायत गरिएको थियो तर, कार्वाहीका लागि कोही अगाडी बडेका थिएनन् । नियमहनुसार इमारत १५ मिटर अग्लो हुनुपर्ने तर २५ मिटरको निर्माण गरिएको छ । 

मदरसा तोडीएर बनाए मरकज 

मदरसा तोडीएर बनाए मरकज बनाइएको जानकारहरु बताउँछन् । त्यहाँ एउटा सानो मदरसा थियो । १९९२ मा मदरसा तोडेर  मरकज  बनाएको बताए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech