लकडाउनकै बेला बझाङ जिल्लामा ४ हजारको भीड

  |   प्रकाशित :

बझाङ । कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् । सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन ।

बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।

तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् । गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन् । 

चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजेतिर झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । झडपमा ढुंगा हानाहान हुँदा दुवै पक्षका १२ जना घाइते भएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech