‘कोरोना संक्रमण पत्ता लगाउन र्‍यापिड टेस्ट किट विश्वासयोग्य छैन’

  |   प्रकाशित :

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण पत्ता लगाउन र्यापिड टेस्ट विश्वसनीय हुन नसक्ने जनाएको छ। 

किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने उसको भनाइ छ। ‘कमजोर नतिजाका कारण यस्ता र्यापिड डायगोनिस्टिक टेस्ट विश्वासयोग्य नहुने विश्व स्वास्थ संगठनले लगातार भन्दै आएको छ’, संगठनको नेपाल कार्यालयले नागरिकको इमेल प्रत्युत्तरमा भनेको छ।

‘जब थप मान्यताप्राप्त र्यापिड टेस्ट किटहरु उपलब्ध हुन्छन् तब संगठनले तत्काल एउटा निर्देशिकामार्फत तिनको सही प्रयोगबारे सम्बन्धित राष्ट्रहरूलाई जानकारी गराउनेछ’, संगठनले भनेको छ।

विश्व स्वास्थ संगठनले यसो भने पनि कन्चनपुर, कैलाली र बाग्लुङमा कोरोना संक्रमितको सम्पर्कमा आएका र जोखिमा रहेका मानिसमा ¥यापिड टेस्ट गर्ने तयारी सरकारले गरेको छ। यसका लागि नेपाल स्वास्थ अनुसन्धान परिषद्को नेतृत्वमा चार सदस्यीय टोली आइतबार कैलाली गइसकेको छ भने बाग्लुङ र कन्चनपुरका लागि पनि थप दुई टोली यसै साता पुग्ने तयारी छ।

आश्चर्यको विषय यो छ कि चीनबाट हालै ल्याइएका किटको विश्वसनीयता प्रमाणित नभइसकेको अवस्थामा पनि सरकारले तिनैलाई प्रयोगमा ल्याउन लागेको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमित नौजनामध्ये बाग्लुङ र कैलालीमा दुईरदुई र कञ्चनपुरमा एकजना छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech