कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने ?

  |   प्रकाशित :

काठमाडौं । कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मङ्गलबार निर्णय हुने भएको छ । 

कोरोना भाइरस सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने निर्णय गरेकोमा केही हेरफेर हुनसक्ने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech