कोरोना भाइरस संक्रमणको परीक्षण तत्काल व्यापक बनाउन सभापति देउवाको माग

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको परीक्षण व्यापक बनाउन माग गरेका छन् । 

सभापति देउवाले कोरोना संक्रमणको परीक्षण तत्काल व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि देउवाले यसलाई गम्भीरता साथ लिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले भनेका छन्, ‘व्यापक परीक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech