भारतको आइसोलेशनमा रहेका कोरोना संक्रमित नेपाली (सफीद मिया) फरार 

  |   प्रकाशित :

भारत । भारतको आइसोलेशनमा रहेका कोरोना संक्रमीत नेपाली फरार भएका छन् । 

भारतको उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका सुनसरीका स्थानीय ६५ वर्षीय सफीद मिया सोमबार राति झ्यालबाट हाम्फालेर भागेका भएका हुन् । 

१९ मार्चमा तहसिलको एक मस्जिदबाट १७ नेपाली जमाती पक्राउ परेका थिए । ती जमातीमध्ये सफीद मियाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । मिया सोमबार राति झ्यालबाट हाम्फालेर जंगलतर्फ भागेको अनुमान गरिएको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech