कोरोना अपडेटः ज्यान गुमाउनेको सँख्या ७४,८२० पुग्यो

  |   प्रकाशित :

काठमाडौं । माहामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण ७४,८२० जनाले ज्यान गुमाइसकेको छ । कोरोना संक्रमितको संख्या १३,४९,९१५ जना पुगिसकेको छ । 

पछिल्लो तथ्यांक अनुसार १३,४९,९१५ संक्रमित मध्ये २,८६,८७७ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ३,६७,६५० जना पुगेको छ । त्यहाँ १०,९४३ जनाको मृत्यु भएको छ । 

त्यस्तै स्पेनमा संक्रमितको संख्या १,३६,६६५ रहेका छन् । जसमध्ये १३,३४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा १,३२,५४७ संक्रमित भइसकेका छन् । त्यहाँ १६,५२३ जनाले ज्यान गुमाइसकेका छन् । 

भारतको आइसोलेशनमा रहेका कोरोना संक्रमित सफीद मिया फरार 

भारतको उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका सुनसरीका स्थानीय ६५ वर्षीय सफीद मिया सोमबार राति झ्यालबाट हाम्फालेर भागेका भएका छन् । १९ मार्चमा तहसिलको एक मस्जिदबाट १७ नेपाली जमाती पक्राउ परेका थिए । ती जमातीमध्ये सफीद मियाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech