थारु समुदायले मनाउने संसारी पूजा स्थगित

  |   प्रकाशित :

नवलपरासी । थारु समुदायले मनाउने संसारी पूजा यस वर्ष स्थगित भएको छ । 

कोरोनाको त्रासका कारण नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा पूजा स्थगित गरिएको हो । 

हरेक वर्ष चैत पूर्णिमाका दिन गरिने संसारी पूजा यस वर्ष चैत २६ गते परेको थियो । यो पूजा नवलपरासीको देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई थानमा गरिन्छ ।

श्रीथान कुमारवर्ती माई संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस वर्षको पूजा स्थगित गरिएको जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech