कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरे सभापति देउवा

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

सभापति देउवाले मंगलबार एक टिव्ट गर्दै कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

देउवाले ट्विटरमा ‘म प्रधानमन्त्री बोरिस जोन्सिनको शीर्घ स्वास्थ्यलाभको कामना गर्दछु । म उहाँको राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्दछु,’ लेखेका छन् ।

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech