ओलीको सम्बोधनमा पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी, सरकारमाथि लगाए यस्तो गम्भिर आरोप

  |   प्रकाशित :

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सघाउन आमजनतासँग अपील गरेका थिए । ओलीको यस सम्बोधनप्रति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वराजा शाहले आफ्नो धारणा राखेका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पणी गरेका छन् ।

शाहले भनेका छन्, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’

प्रधानमन्त्री ओलीको सम्बोधन

अबको दुई साता निकै कठिन हुने भन्दै लकडाउनलाई पालना गर्न नागरिकसँग आग्रह गरेका थिए । ओली स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा उठेका सार्वजनिक चासोप्रति आम जनतालाई आश्वस्त पार्नेभन्दा पनि उक्त खरिद प्रकरणमा जोडिएका मन्त्री र प्रशासकको बचाउ गरेका थिए । गरीब र समस्यामा परेकाहरुलाई सरकारले भोकै मर्न नदिने पनि बताए थिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech