भारतको कोराइटाईनबाट फरार भएका कोरोना संक्रमित नेपाली पक्राउ

  |   प्रकाशित :

काठमाडौं । भारतको कोराइटाईनबाट फरार भएका कोरोना संक्रमित नेपाली पक्राउ परेका छन् । उत्तरप्रदेश स्थित एक अस्पतालको झ्यालबाट हाम फालेर फरार भएका फेरि पक्राउ परेका हुन् ।

उनलाई फेरि भातको उत्तरप्रदेश स्थितको कोराइटाईनमा राखिएको छ । भारतको उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका सुनसरीका स्थानीय ६५ वर्षीय सफीद मिया सोमबार राति झ्यालबाट हाम्फालेर भागेका भएका थिए । 

१९ मार्चमा तहसिलको एक मस्जिदबाट १७ नेपाली जमाती पक्राउ परेका थिए । ती जमातीमध्ये सफीद मियाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech