कक्षा ११ र १२ को परीक्षा स्थगित

  |   प्रकाशित :

काठमाडौं । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा  मङ्गलबार निर्णय भएको हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech