संकटको समयमा भारतले यत्रो ठुलो सहयोग गर्नु भनेको ‘संजीवनी बूटी’ जस्तै होः ब्राजिलका राष्ट्रपति जाइर

  |   प्रकाशित :

काठमाडौं । भारतले ब्राजिललाई औलो निको पार्ने औषधि हाइड्रोक्सीक्लोरोकिन सहयोग गर्ने भएको छ । 

कोरोना भाइरस माहामारीको रुपमा विश्वभर फैलिरहेको अवस्थामा भारतले हाइड्रोक्सीक्लोरोकिन सहयोग गर्नु भनेको ब्राजिलका लागि ‘संजीवनी बूटी’ जस्तै हो । 

यसैमा ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोले कोरोना भाइरसका कारण विश्वनै आतंकित बनेको बेला भारतले यसरी सहयोग गर्नु भनेको ब्राजिलका लागि ‘हनुमान जीले भगवान लक्ष्मणलाई बचाउनु जस्तै हो’ भनेका छन् । 

ब्राजिलका राष्ट्रपतिले हनुमान जयंतीको बेला यसरी ‘हनुमान जीले भगवान लक्ष्मणलाई बचाउनु जस्तै हो’ भन्नुको कारण ‘हाइड्रॉक्सीक्लोरोक्वीन’ हो । जुन भारतले ब्राजिललाई सहयोग गर्ने भएको छ । भारतले कोरोना प्रभावित देशहरुलाई औलो निको पार्ने औषधि हाइड्रोक्सीक्लोरोकिन सहयोग गर्दै आएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग खोजेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोक्सीक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराउन अनुरोध गरेका थिए । साथै, प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको हाइड्रोक्सीक्लोरोक्विन आदेश छिट्टै जारी गर्न भनिएको थियो ।

चीनले कोरोना फैलाएर विश्वमा प्रभुत्व जमाउने योजना बनाएको छ

ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीनमाथि गम्भिर आरोप लगाएका छन् । मन्त्री अब्राहम वेन्ट्राउबले सामाजिक सञ्जाल ट्वीटमार्फत चीन कोरोना भाईरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाईरहेको गम्भिर आरोप लगाएका हुन् ।

‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ,’ वेन्ट्राउबले ट्वीटमा भनेका छन्,’विश्व प्रभुत्वको योजनासंग सम्बन्धित काममा ब्राजिलमा कसले साथ दिईरहेको छ ? यो बेतुकको कुरा अति नस्लबादी रहेकाले ब्राजिल सरकारले पष्टीकरण दिनुपर्छ । यदी चीनले हामीलाई १ हजार भेन्टिलेटरहरू दियो भने म दूतावासको अगाडि घुँडा टेकि माफी माग्छु ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech